Logo

एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परेका गुरुङको मृत्यु, थप दुईको उपचार हुँदै

एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परेका गुरुङको मृत्यु, थप दुईको उपचार हुँदै



काठमाडौं । नख्खुस्थित एनसेल मुख्यालयको गेट बाहिर भएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । शुक्रबार राति ८ भएको बम विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

विस्फोटमा गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि अल्का अस्पतालबाट नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचारकै क्रममा गुरुङको मत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार भएको उक्त बम बिस्फोटनमा परी गुरुङ सहित ३ जना घाइतले भएका थिए । घाइते मध्ये काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर पनि गम्भिर अवस्तामा रहेकी छिन् ।

यसैगरी २६ वर्षीया प्रतिक्षा खड्काको पनि विशेष उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शक्रबार नै कमलपोखरीको आगनमा पनि बम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL