Logo

नेपाल टेलिकमको हाकिम बन्न ११ जनाले दिए आवेदन, पूर्व एमडी आचार्यदेखि कम्पनीकै सात कर्मचारी प्रतिस्पर्धामा

नेपाल टेलिकमको हाकिम बन्न ११ जनाले दिए आवेदन, पूर्व एमडी आचार्यदेखि कम्पनीकै सात कर्मचारी प्रतिस्पर्धामा



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ११ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते उक्त पदका लागि आवेदन माग गरेको थियो ।

मन्त्रालयले आवेदनका लागि बुधबारसम्म अन्तिम मिति तोकेको थियो ।

प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकम भित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । आवेदन दिने कर्मचारीहरुमा डा. विमल आचार्य, सनाउल्लाह खान, गोकर्ण प्रसाद सिटौला, संगिता पहाडी, डिल्लीराम अधिकारी, चन्द्र मोहन झा र प्रदिपराज उपाध्याय रहेका छन् । त्यस्तै पूर्व एमडी बुद्धि प्रसाद आचार्यले आवेदन दिएका छन् ।

स्मार्ट टेलिकमका नगेन्द्र कुमार दास पनि आकांक्षी रहेका छन् । त्यस्तै पूर्व कर्मचारी अनिल कुमार झा र रामदेव यादव पनि प्रतिस्पर्धामा छन् ।

यसअघिका प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई साउन २९ गतेको मन्त्रीपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL