Logo

एनसेलले सुरु गर्यो पहिलो सिम अफर, एक रुपैयामै सिम !

एनसेलले सुरु गर्यो पहिलो सिम अफर, एक रुपैयामै सिम !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले एसईई परीक्षार्थीहरुका लागि १ रुपैयामा सिम उपलब्ध गराउने भएको छ ।

सोमबार देखि लागु हुने अफरमा परीक्षार्थीले १ रुपैँयामा एनसेलको प्रिपेड सिम खरिद गर्न पाउने भएका छन । खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवाको फाइदा लिन सक्ने एनसेलले जानकारी दिएको छ ।

परीक्षार्थीले आफ्नो परीक्षा प्रवेशपत्र र आमावाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्ने छन ।
योजनामा रहेको सिम खरिद गरेपछि परीक्षार्थीले बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे भित्रमा दैनिक ३ घण्टा आईफ्लिक्समा रहेका सामाग्री निशुल्क हेर्न सक्नेछन् ।

यसका साथै ५० रुपैंया भन्दा बढीको रिचार्ज गरे पछि कुनै अतिरिक्त शुल्क विना माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवा प्रप्त गर्न सकिने छ । माइफाइभ समुहमा ३० दिन पछि कलगर्दा प्रतिमिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ ।
साथै एक वर्षसम्म ५० रुपैंया भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस प्राप्त गर्नेछन् । बोनस प्राप्त डेटा तथा एसएमएस २४ घण्टा भित्र प्रयोग गरि सक्नु पर्ने जारी बिज्ञप्तीमा उल्लेख छ ।
यो योजना सुरु भएको दिन देखि ९० दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL