Logo

गोरखाको दुई दुर्गम गाउँपालिकामा पुग्यो टेलिकम, निशुल्क सिम वितरण

गोरखाको दुई दुर्गम गाउँपालिकामा पुग्यो टेलिकम, निशुल्क सिम वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपाल टेलिकमले गोरखाको दुर्गम गमलाडाँडा र ल्होमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको हो । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम तथा ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका अति दुर्गम गाउँका वासिन्दाहरुले मोबाइल सेवा लिन पाउने भएका छन ।
जिल्लाको विकट उत्तरी गाउँमा सोलार ब्याट्रि राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पुर्याएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्य ले जानकारी दिएका छन ।

उक्त दुर्गम गाउँहरुमा अहिले सम्म दूरसञ्चार सेवाको पहुँच नभएकाले टेलिफोन गर्न समेत अर्को गाउँसम्म पुग्नुपदा कठिनाई भएको र अव उक्त कठिनाई नरहने बैद्यले बताए ।

टेलिकमले ल्हो गाउँका ग्राहकका लागि ५ सय र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गरेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL