Logo

एनसेलले ल्यायो ‘योण्डर म्युजिक एप’, लाखौं गीत निःशूल्क सुन्न पाइने

एनसेलले ल्यायो ‘योण्डर म्युजिक एप’, लाखौं गीत निःशूल्क सुन्न पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलले गीत सङ्गितका पारखीलाई छुट्टै मोबाइल एप्स सार्वजनिक गरेको छ । एनसेलले अमेरिकास्थित योण्डर म्युजिक इङ्कसँगको सहकार्यमा नेपाली प्रयोगकर्ताका लागि योण्डर म्युजिक एप ल्याएको हो । यो सबैभन्दा धेरै नेपाली गीतहरु समावेश भएको डिजिटल म्युजिक लाइबे्ररी रहेको कम्पनीले जनाएको छ ।

शुक्रबारदेखि नेपालमा प्रयोग गर्न सकिने गरी एनसेलले यो एप सार्वजनिक गरेको हो । एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले यो एप डाउनलोड गरी पुराना तथा अहिलेसम्मका लोकप्रिय गीत तथा अन्र्तराष्ट्रिय गीतको पनि अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् । एनसेलका अनुसार यो एपका प्रयोगकर्ताले नेपाली सहित दुई करोड बढी अन्र्तराष्ट्रिय गित सुन्न सक्नेछन् ।

मोबाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्न सक्ने सुविधा यसमा दिइएको छ । डेटा प्रयोग गरेबापत विद्यमान शुल्क लाग्ने एनसेलले स्पष्ट पारेको छ ।

तत्काल सबै नेटवर्कका प्रयोगकर्ताले यो एप प्रयोग गर्न सक्ने भएपनि एक महिनापछि एनसेलका ग्राहकले मात्र एपमा दर्ता गरेर प्रयोग गर्न सक्नेछन् । यो एप मार्फत नेपालको गीत सङ्गित उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सको भनाइ छ । प्रयोगकर्ताले गुगलको प्ले स्टोर तथा एप्पल एप स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् । एपमा ग्राहकले आफूलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो बनाउन सक्ने र २९ सेकेण्डसम्मको भिडियो यो एपसहित सामाजिक सञ्जालमा पनि सेयर गर्न सक्ने सुविधा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL