Logo

दोलखाको विकट स्थान च्छोरोल्पामा पुग्यो टेलिकम, स्थानीयले पाए सञ्चार सुबिधा

दोलखाको विकट स्थान च्छोरोल्पामा पुग्यो टेलिकम, स्थानीयले पाए सञ्चार सुबिधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले दोलखा जिल्लाको बेदिङमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने बेदिङ दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत रहेको छ ।
पर्यटकीय आकर्षणको केन्द्र भएता पनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिव ८४ घरधुरीका करिव पाँच सय बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने टेलिकमका प्रवक्ता प्रतिभा बैदले जानकारी दिइन् ।

अव यस क्षेत्रका उपभोक्ताहरुले जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । बेदिङको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको समेत कम्पनीले जानकारी दिएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् ।

यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको । जहाँ शेर्पाहरुको बस्ती छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL