Logo

दुई अर्बले बढ्यो टेलिकमको खुद नाफा, तर किन घट्यो आम्दानी ?

दुई अर्बले बढ्यो टेलिकमको खुद नाफा, तर किन घट्यो आम्दानी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्म कर अघि १५ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको अपरिष्कृत लेखापरिक्षण अनुसार यस अवधिमा कुल १५ अर्ब ७५ करोड ८५ लाख ६० हजार ५ सय ८५ रुपैयाँ खुद नाफा भएको हो ।

यो नाफा गत आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिको तुलनामा दुई अर्बभन्दा बढी हो । गत आवको सोही अवधिमा टेलिकमले कर अघि १३ अर्ब २६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको तेस्रो त्रैमासिकसम्म टेलिकमले कर पछि भने ११ अर्ब ६१ करोड आर्जन गरेको छ । जुन् अघिल्लो आवको समिक्षा अवधिमा ९ अर्ब ३१ करोड थियो ।

टेलिकमले यसबीचमा आफ्नो खर्च घटाउँदा खुद नाफा बढेको देखिएको छ । यो नौ महिनाको अवधिमा टेलिकमले १७ अर्ब ५३ करोड खर्च गरेको छ जुन् अघिल्लो आवके नौ महिनामा २० अर्ब ९७ करोड रुपैयाँ थियो । खर्च प्रणाली व्यवस्थापन गर्न सक्दा टेलिकमको यो बीचमा आम्दानी घटेपनि नाफा बढेको पाइएको छ ।

टेलिकमले तेस्रो त्रैमासिक अर्थात गत चैत मसान्तसम्म सेवा बिक्रि तथा अन्यबाट ३३ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन् अघिल्लो आवमा ३४ अर्ब २४ करोड रुपैयाँ थियो । यसरी हेर्दा गत आवको तुलनामा टेलिकमको आम्दानी ९५ करोड रुपैयाँ घटेको छ ।

                                                                                 हेर्नुहोस टेलिकमको खर्च र आम्दानी विवरण

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL