Logo

नेपाल टेलिकमले ल्यायो सस्तो डाटा अफर,३ सय रुपैयाँमा १५०० एमबी

नेपाल टेलिकमले ल्यायो सस्तो डाटा अफर,३ सय रुपैयाँमा १५०० एमबी


बिजखबर संवाददाता
0
Shares

काटमाठौं । नेपाल टेलिकमले सस्तो डाटा अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो।

नाइट टाइम प्याक अन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म हप्ताका लागि  ५ सय एमबिको ४५ रुपैयाँ र १५ दिनका लागि  १२ सय एमबिको ९० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै एक महिने अवधिको  लागि अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ , १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ।

त्यस्तै डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ।

जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिनेछ।टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि ८१४१५३ डायल गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL