Logo

प्रयोग नभएको फ्रिक्वेन्सी फिर्ता लिइने, टेलिकमको व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई

प्रयोग नभएको फ्रिक्वेन्सी फिर्ता लिइने, टेलिकमको व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फ्रिक्वेन्सीको उचित प्रयोग हुन नसकेको अवस्थामा फिर्ता लिनुको विकल्प नभएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए । राष्ट्रको अमूल्य सम्पत्तीको दूरुपयोग भएको भन्दै प्रयोग विहीन फ्रिक्वेन्सी फिर्ता लिइने बताएका हुन् । ‘फ्रिक्वेन्सी राज्यको मूल्यवान सम्पत्ती हो ’ उनले भने ‘यसलाई होल्ड गरेर राख्न दिदैनौं ।’

प्रविधि पत्रकार मञ्चले आयोजना गरेको सूचना प्रविधि सम्वन्धी कार्यशालामा उनले यस्तो बताएका हुन् । सो अवसरमा उनले फ्रिक्वेन्सीको अधिकतम उपयोग गर्ने प्रदायकलाई बढी फ्रिक्वेन्सी दिइने जानकारी दिए ।

अध्यक्ष झाका अनुसार हाल प्राधिकरणले एनसेललाई २९ मेगाहर्ज फ्रिक्वेन्सी लिएको छ । त्यसको आम्दानी ५९ अर्व छ । त्यस्तै नेपाल टेलिकमले ७५ मेगाहर्ज फ्रिक्ेवन्सी पाएकोमा आम्दानी ३९ अर्व छ । ‘यसबाट थाहा हुन्छ कसले फ्रिक्वेन्सीको कती प्रयोग गरेको छ ।’

अध्यक्ष झाले नेपाल टेलिकम नाफामा भएपनि बजार सेयर गुमाउँदै गएको भन्दै त्यसको व्यवस्थापन निजी क्षेत्रलाई दिनुपर्ने धारणा व्यक्त गरे ।

 

15978342_952619538204518_1990433629_nकार्यक्रमको उद्दघाटन गर्दै सूचना मन्त्री राम कार्कीले सूचना प्रविधिलाई विकासकको माध्यम बनाउन तयार नभएको जानकारी दिए । त्यस्तै मन्त्रालयमा कुन विषयलाई लक्षित गर्ने भन्ने समस्या भएको बताए । ‘नेपालका लागि आइसीटी भनेको पाइपलाइन मात्र हो,’ उनले भने ‘पाइपबाट के घुसाएर धाराबाट के झार्ने भन्ने बारे अझै सोचेको छैन ।’

सो अवसरमा उनले नेपाल सरकारले स्याटालाइट राख्ने कामलाई प्राथमिकतामा राखेको जानकारी दिए । त्यस्तै स्याटालाइट राख्नका लागि अध्ययनका लागि समिति समेत तयार भएको बताए । कार्यक्रममा दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, भायोनेटका अध्यक्ष विनयबोहोरा, मनोहर भट्टराईले प्रविधि सम्वन्धी तालीम दिएका थिए । त्यस्तै पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउलेले खोज पत्रकारिता सम्वन्धी तालीम दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL