Logo

प्रभु टिभीले सुरु गर्याे ओटीटी सेवा, अब टेलिकम, एनसेल र स्मार्टसेल मार्फत हेर्न सकिने

प्रभु टिभीले सुरु गर्याे ओटीटी सेवा, अब टेलिकम, एनसेल र स्मार्टसेल मार्फत हेर्न सकिने



काठमाडौं । प्रभु टेलिभिजनले आफ्नो च्यानल ईन्टरनेट मार्फत पनि हेर्न मिल्ने गरी ओभर दी टप (ओटीटी) सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्दै विभिन्न ईन्टरनेट सेवाप्रदायकहरुको सेवा प्रयोग गर्दै टेलिभिजन हेर्ने सुविधा सुरु गरेको हो ।

उक्त सेवा सुरु गरेसँग अब प्रभु टिभी मोबाईल ल्यापटन, कम्प्युटरमा समेत हेर्न सकिने छ । यस्तै नेपाल टेलिकम, एनसेल, तथा स्मार्टसेलका ग्राहकले पनि प्रभु टिभीको ओटीटी सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले ग्राहकहरुका लागि एक सेट अप बक्स अन्तर्गत एक जनालाई निशुल्क ओटीटी सेवा दिने समेत जानकारी दिएको छ । कम्पनीले केही समयपछि आईपी टिभीको सेवा पनि विस्तार गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL