Logo

खाद्य संस्थानले तोक्यो सुपथ मूल्य पसलको मूल्य सुची, यी हुन सहुलियत मूल्यमा पाईने खाद्य पदार्थ

खाद्य संस्थानले तोक्यो सुपथ मूल्य पसलको मूल्य सुची, यी हुन सहुलियत मूल्यमा पाईने खाद्य पदार्थ



काठमाडौं । नेपाल खाद्य संस्थानले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न खाद्य सामग्रीमा छुटको मूल्य निर्धारण गरेको छ । संस्थानको बुधबार बसेको बैठकले चाडवाडलाई लक्षित गरी संचालनमा आएका विभिन्न सुपथ मूल्य पसलबाट बिक्री गरिने सामानहरुमा छुट दिएको हो ।

संस्थानका अनुसार चिनी, नुन, चामल, सिमी, फापर, मासु लगायतका घाद्यपदार्थमा छुट उपलब्ध गराएको हो । संस्थानका अनुसार उक्त पसलहरुमा उपभोक्ताहरुले विभिन्न सामग्रीमा ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाउने छन ।

सुपथ मूल्य पसलहरुले उपभोक्तालाई चिनीमा हालको मूल्यमा ५ रुपैयाँ छुट, नुन ५ रुपैयाँ, जीरा मसिनो चामलमा प्रति किलोग्राम ५ रुपैयाँ, वासमती चामलमा प्रति केजी ५, सिमीमा १०, फापर १०, मासु प्रतिकिलो १०, पनिर १० र ध्युमा ५० रुपैयाँ छुट दिने भएको छ ।

यस्तै संस्थानले काठमाडौं उपत्यकाका ३ ठाउँमा सहुलियत पसल संचालनमा ल्याउने भएको हो । संस्थानले पुतलीसडक, थापाथली लगायतका स्थानमा उक्त पसलहरु संचालनमा ल्याउने भएको छ ।

संस्थानले यसअघि असोज १२ गतेदेखि संचालनमा आउने भनिएको सुपथ मूल्य पसलहरु बुधबार बसेको बैठकले १५ गतेदेखि मात्र संचालनमा ल्याउने निर्णय गरेको हो । साथै संस्थानले दशैंका लागि ल्याउने भनेको झन्डै २ हजार खसिबोका तथा च्याङग्रा २ पल्ट गरेर ल्याउने भएको छ । संस्थानले उक्त खसीबोकालाई राख्ने ठाउँ नहुँदा पल्ट गरेर ल्याउन लागेको हो ।

थापाथलीमा भएको गोदाममा निश्चित खसीबोका मात्रै राख्ने ठाउँ भएकाले २ चोटी गरेर खसीबोका ल्याईने संस्थानमा सुचना अधिकारी शंकर सापकोटाले जानकारी दिए ।

यस्तै संस्थानले घटस्थापनासम्म खसीबोका ल्याईने र घटस्थापना पछि बिक्री थाल्ने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL