Logo

२४औं संस्करणको क्यान इन्फोटेक माघ ११ देखि, अधिकांश स्टल बुकिङ

२४औं संस्करणको क्यान इन्फोटेक माघ ११ देखि, अधिकांश स्टल बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २४ औं संस्करणको क्यान ईन्फोटेक आगामी माघ ११ गतेदेखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्राली रहेको छ ।

एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रालि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ, ।

१६ गतेसम्म चल्ने इनफोटेकमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने छन् ।
ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने आयोजक कम्प्युटर एशोसिएशन महासंघले जानकारी
दिएको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीटी कलेज तथा ट्रेनिङ ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत र ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ भई सकेको आयोजकले जानकारी दिएको छ ।

इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १सय र रु ५० तोकिएको छ । आयोजकले २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि रु १०० तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नेछन् ।

मेलामा सुविसुले विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको बताएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत सहित हाइस्पिड इनटरनेट प्रमुख आकर्षण बन्ने छन् ।

साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् ।

सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL