Logo

फोरजी प्रवर्द्धनमा एग्रेशिभ हुँदै नेपाल टेलिकम, सातै प्रदेशमा फोरजी सिम वितरण

फोरजी प्रवर्द्धनमा एग्रेशिभ हुँदै नेपाल टेलिकम, सातै प्रदेशमा फोरजी सिम वितरण



काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा फोरजी सिम वितरण गरिरहेको छ । कम्पनीले आफ्नो फोरजी सेवाको प्रवर्द्धन गर्नका लागि सिम परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको टेलिकमले जानकारी दिएको छ ।

यस्तै टेलिकमले आज २४ गते आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य गरेको छ । आगामी कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने टेलिकमले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । उक्त अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL