Logo

नेपाल टेलिकमको चाडपर्व अफर, रिचार्जमा १० र २० प्रतिशत बोनस

नेपाल टेलिकमको चाडपर्व अफर, रिचार्जमा १० र २० प्रतिशत बोनस



काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न छुट उपलब्ध गराउने भएको छ । कम्पनीले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको हो ।

उक्त अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको टेलिकमले जानकारी दिएको छ ।

उक्त योजना अन्तर्गत जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा ५०, १०० र २०० रपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । यस्तै ५०, १०० र २००।– रुपैयाँको बोनस ३ दिन भित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL