Logo

वर्ल्डलिंकले भित्र्यायो वैदेशिक लगानी, बेलायती कम्पनी सिडीसीसँग १० प्रतिशत लगानी सम्झौता

वर्ल्डलिंकले भित्र्यायो वैदेशिक लगानी, बेलायती कम्पनी सिडीसीसँग १० प्रतिशत लगानी सम्झौता



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा बोलायतको विकास वित्त संस्था सिडीसीले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्ल्डलिंकले आफ्नो कम्पनीमा सिडीसीले १० प्रतिशत सेयर लगानी गर्ने सम्झौता गरेको हो ।

वर्ल्डलिंकमा सिडीसीले लगानी गरेसँगै सिडीसी ग्रुपमा भएका विज्ञहरु पनि वर्ल्डलिंकका लागि काम गर्ने र कम्पनीलाई अझै ठुलो बनाउन मद्धत पुग्ने कम्पनीका अध्यक्ष दिलिप अग्रवालले विश्वास व्यक्त गरेका छन ।

उनका अनुसार सिडीसीले लगानी गरेसँगै वर्ल्डलिंक अझै विश्वासिलो र शक्तिशाली कम्पनी भएको छ । वर्ल्डलिंकले लगानी थपिएसँगै अब नेपालका हरेक घरधुरीले आफ्नो सेवा प्रयोग गर्न पाउने विश्वास समेत व्यक्त गरेको छ ।

कम्पनीमा हाल ३ हजार १ सय कर्मचारी रहेका छन । यस्तै कम्पनीले अबको अबको ५ बर्षमा ५ हजार जनालाई रोजगारी दिने समेत घोषणा गरेको छ । कम्पनीमा सिडीसीले लगानी गरेलगत्तै कम्पनीमा अन्य १ हजार जनाका लागि रोजगारी बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL