Logo

सेलपे सेवाको स्टल एक्टिभेसन सुरु, कात्तिक ८ र ९ गते दुई दिन चल्ने

सेलपे सेवाको स्टल एक्टिभेसन सुरु, कात्तिक ८ र ९ गते दुई दिन चल्ने



काठमाडौं । सेलपे सेवाले शुक्रबारदेखि स्टल एक्टिभेसन सुरु गरेको छ । एक्टिभेसन कार्यक्रम सिभिल महलमा कात्तिक ८ गते शुक्रबार र लविम महलमा कत्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजे सम्म हुने छ ।

सेल पेले ग्राहकहरुसँग अन्तरक्रिया बढाउन र सेलपे एप्पको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने उद्देश्यले उक्त एक्टिभेसन सुरु गरेको हो । सो समयमा सेलपेले सफ्ट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पछि १ सय रुपैयाँको फ्रि टपअप ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ । सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरणलगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL