Logo

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका स्थित एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । टेलिकमले आफ्नो पोखराचौरस्थित राम माविलाई ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसरमा चार थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरेका हुन ।

सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे ।

कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL