Logo

एनसेलको अनलिमिटेड रोमिङ डेटा प्याक अफर, बिहीबारबाट १० देशमा लागू हुने

एनसेलको अनलिमिटेड रोमिङ डेटा प्याक अफर, बिहीबारबाट १० देशमा लागू हुने



काठमाडौं । एनसेलले ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अफर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा अनलिमिटेड डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने डेटा प्याक अफर बिहीबार सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहिबारदेखि कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकामा समेत लागू गर्ने भएको छ । अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ ।

अफर अन्तरगत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले ति देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक १ सय रुपैयाँ र कर सहित १२७ दशमलब ६९ रुपैयाँमा सो सेवा लिन सक्ने छन । उक्त सेवा लिनको लागि भने ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार सेवा सुचारु गर्न सक्नेछन । सेवा सुचारु गरेपछि पुन एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी उक्त डेटा प्याक लिन सक्नेछन् ।

कम्पनीको उक्त अफरले भ्रमणमा रहँदा ग्राहकले आफ्नो परिवारजनमा सम्पर्कमा रहिरहन सहयोग पुग्ने विस्वास ब्यक्त गरेको छ । तर उक्त सेवा लिनको लागि ग्राहकले नेपालमानै रोमिङ सेवा सुचारु गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL