Logo

धार्मिक तथा पर्यटकीय स्थलमा निशुल्क वाईफाई जडान गर्दै प्राधिकरण, टेण्डर आवेदन माग

धार्मिक तथा पर्यटकीय स्थलमा निशुल्क वाईफाई जडान गर्दै प्राधिकरण, टेण्डर आवेदन माग



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा वाईफाई जडान गर्न टेण्डर आह्वान गरेको छ । प्राधिकरणले ६ महिनाभित्र विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा उक्त वाईफाई जडान गर्नका लागि आवेदन आह्वान गरेको हो ।

laxmi

प्राधिकरणले विभिन्न ईन्टरनेट सेवाप्रदायकले उक्त परियोजनामा आवेदन दिन पाउने उल्लेख गरेको छ । प्राधिकरणले उक्त आवेदन मागको सुचना असोज १० गते जारी गरेको थियो । आवेदकले उक्त परियोजनामा आवेदन भने सुचना जारी भएको ९० दिनभित्र पेस गरिसक्नुपर्नेछ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा वाईफाई जडान गर्न ईच्छुक ईन्टरनेट सेवाप्रदायक कम्पनीले प्राधिकरणको कार्यालयमै गएर आवेदन डकुमेन्ट बुझाउनुपर्नेछ । विभिन्न ३ प्याकेजमा विभाजन गरिएको उक्त परियोजनामा पहिलो प्याकेज १५ लाख रुपैयाँ बराबरको छ । यस्तै दोस्रो र तेस्रो परियोजनाको भने क्रमशः २० लाख र ७२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL