Logo

इन्टरनेट र केवल सेवा प्रदायकलाई दशैं अगावै तार व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन, व्यवस्थित नगरे कार्बाही

इन्टरनेट र केवल सेवा प्रदायकलाई दशैं अगावै तार व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन, व्यवस्थित नगरे कार्बाही



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न सेवाप्रदायकलाई दशैं अगावै सडकमा झुन्ड्याईएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ । प्राधिकरणले शनिबार एक सुचना जारी गर्दै शहरलाई नै कुरुप बनाउने गरी टांगिएका अव्यवस्थित तारहरु व्यवस्थित गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य संघ संस्थाहरुले विजुलीको खम्बामा शहरको सुन्दरता मै असर पर्ने गरी तार झुण्डाउने कार्य गर्दै आएका छन ।

यसरी अव्यवस्थित तरिकाले तारहरु सडक क्रस गराउने लगायतका कार्य गर्दा शहरको सुन्दरतामा असर पुग्नुको साथै आगलागी समेत भई गम्भिर दुर्घटना समेत भईरहेको छ ।

प्राधिकरणले आफ्नो सुचनामा उक्त निर्देशनलाई पालना नगरिए सेवाप्रदायकलाई कार्बाही गर्ने समेत जानकारी दिएको छ । सेवाप्रदायकहरुले उक्त सुचनाको अवज्ञा गरी तारहरु व्यवस्थित नगरे प्राधिकरण आफैले उक्त तारहरु नै हटाईदिने चेतावनी समेत दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL