Logo

टेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु

टेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु



काठमाडौं । नेपाल टेलिकमले आफ्नो डाटा रोयमिङ सेवा विभिन्न १३ देशमा विस्तार गरेको छ । टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुक्रबारदेखि सुरु हुनेगरी अन्य १३ देशमा विस्तार गरेको हो । अब थप १३ मुलुकहरुमा नेपाल टेलिकमको ईन्टरनेट सेवा चलाउने पाईने भएको छ ।

laxmi

टेलिकमका अनुसार अब जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् ।

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरि ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL