Logo

नेपाल टेलिकमको संविधान दिवस अफर, १ सय रुपैयाँमै ३ जीबी डाटा प्याक

नेपाल टेलिकमको संविधान दिवस अफर, १ सय रुपैयाँमै ३ जीबी डाटा प्याक



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा ‘संविधान दिवस’ अफर सार्वजनिक गरेको छ । टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक पाईने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

टेलिकमको उक्त डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL