Logo

भायानेटको ‘दशै तिहार टिभी उपहार’ योजना, यस्ता छन सुविधा

भायानेटको ‘दशै तिहार टिभी उपहार’ योजना, यस्ता छन सुविधा



काठमाडौं । ईन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले ‘दशैं तिहार टिभी उपहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि नै सुरु हुनेगरी उक्त योजना सार्वजनिक गरेको हो ।
उक्त अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २ सय ३० भन्दा बडी च्यानल भएको नेट टिभी को साथमा स्काईवर्थको ३२ र ४० ईन्च टिभी भारी छुटमा प्राप्त गर्न सक्नेछन ।

वार्षिक २५ हजार ९ सय ९० रुपैयाँ प्लस मूल्य अभिवृद्धि करको मुल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट समेत पाउनेछन ।

बार्षिक ३४ हजार ५ सय ४५ रुपैयाँ प्ल्स भ्याटको मूल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको ईन्टरनेट र २ सय ३० भन्दा बढि च्यानल भएको टिभी प्राप्त गर्न सक्नेछन । साथै प्रथम २ सय जना ग्राहकले थप १ हजार ४ सय ७५ रुपैयाँ छुट समेत पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL