Logo

आईएमई पेको डबलमा डबलको डबल अफर, पठाएको रकममा आठ गुणासम्म उपहार

आईएमई पेको डबलमा डबलको डबल अफर, पठाएको रकममा आठ गुणासम्म उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइएमईले चाडपर्व लक्षित ‘दसैँमा डबलको डबल अफर’ योजना सार्वजनिक गरेको छ । यही भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म रहने गरि ७७ दिनका लागि उत्तः अफर योजना संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन ।

डबलका डबल अफर अन्तरगत हरेक हप्ता दुई जना ग्राहकलाई पठाएको रकमको डबल, हरेक महिना दुई जना ग्राहकलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार प्रदान गरिनेछ ।

अफर सार्वजनिक कार्यक्रममा बोल्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताएका छन ।

त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरूवीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम सफल हुने विस्वास ब्यक्त गरेका छन ।

विजेता छनौट भने ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्न सक्नेछन । उक्त योजनामा आइएमईका संस्थापक, ग्रुपमा कार्यरत कर्मचारीलगायत सो सँग सम्बन्धित कोही पनि सहभागि हुन नपाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL