Logo

‘बुवा’लाई एनसेलको पुरस्कार, विजेतालाई एक लाख सम्म नगत उपहार

‘बुवा’लाई एनसेलको पुरस्कार, विजेतालाई एक लाख सम्म नगत उपहार



काठमाडौं । एनसेल लघु चलचित्र प्रतियोगितामा ‘बुवा’ ले उपाधी हात पारेका छन । प्रतियोगिता अन्तरगत कमल सुवेदीको समुहले बनाएको उक्त चलचित्रले प्रथम उपाधी हात पारेको एनसेलले जानकारी दिएको छ ।

बुवाको मुख हेर्ने दिनको अवसरमा कम्पनीले साउनको तेस्रो साताबाट फिल्म निर्माताहरुलाई प्रतियोगितामा भाग लिन आवहान गरेको थियो ।

७० भन्दा बढि लघु चलचित्रहरुबाट उत्कृष्ट बन्न सफल भएको चलचित्र बुबाले पहिलो पुरस्कार स्वरुप १ लाख नगद र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् ।

त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प ७५ हजार, द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै ५० हजार रुपैयाँ नगद तथा सबै समुह सदस्यले १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेका हुन ।

राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL