Logo

खारेजीमा गएको वेबसर्फरले प्राधिकरणलाई बुझायो १ करोड, आईटेल कम्युनिकेशनको लाईसेन्स खारेज

खारेजीमा गएको वेबसर्फरले प्राधिकरणलाई बुझायो १ करोड, आईटेल कम्युनिकेशनको लाईसेन्स खारेज



काठमाडौं । लाईसेन्स खारेजीमा परेको दूरसंचार सेवाप्रदायक कम्पनी वेब सर्फरले नेपाल दूरसंचार प्राधिकरणलाई १ करोड रुपैयाँ बुझाएको छ । कम्पनीले बुधबार ग्रामीण दूरसंचार कोष (आरटीडीएफ) अन्तर्गतको १ करोड रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणले समयमा बक्यौता नतिर्ने र लाईसेन्स होल्ड गरेर बस्ने विभिन्न ८ कम्पनीलाई अन्तिम म्याद दिएको थियो । वेबसर्फरका लागि तोकिएको अन्तिम मिति साउन २८ गते सकिएपछि कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो । अनुमतिपत्र खारेज भईसकेपछि कम्पनीले बुधबार आरटीडीएफ अन्तर्गतको १ करोड ९५ लाख ५६ हजार ६ सय १५ रुपैयाँ मध्येको १ करोड रुपैयाँ बुझाएको हो ।

कम्पनीले प्राधिकरणलाई कुल आयको ४ प्रतिशतले हुने रोयल्टी २०७६ सम्मको किस्ता र आरटीडीएफ गरी २ शिर्षकमा ४ करोड ६२ लाख २० हजार ९ सय २ रुपैयाँ तिर्न बाँकी छ ।

प्राधिकरणले साउन २८ गतेसम्मको अन्तिम म्याद दिएपनि कम्पनीले उक्त रकम तिर्न नसक्दा उसको अनुमतिपत्र स्वतः खारेज भएको थियो । सोही अनुसार कम्पनीले मन्त्रालयमा निवेदन दिएको प्राधिकरणको उच्च स्रोतले जानकारी दिएको छ ।

यस्तै प्राधिकरणले तोकेको अन्तिम म्यादसम्म पनि बक्यौता रकम नतिर्ने आईटेल कम्युनिकेसनको पनि अनुमतिपत्र स्वतः खारेज भईसकेको छ । कम्पनीले प्राधिकरणलाई कुल आयको ४ प्रतिशतले हुने रोयल्टी रकम २०७६ सम्मको किस्ता र आरटीडीएफ गरी २ शिर्षकमा ३३ लाख ९९ हजार ५ सय ३० रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL