Logo

५ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्दै दूरसंचार प्राधिकरण, मागियो आवेदन

५ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्दै दूरसंचार प्राधिकरण, मागियो आवेदन



काठमाडौं । नेपाल दूरसंचार प्रािधकरणले पश्चिमका ५ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट सेवा विस्तार गर्ने भएको छ । प्राधिकरणले मंगलबार एक सुचना जारी गर्दै बाँके, बर्दिया, दाङ, कैलाली र कन्चनपुर जिल्लामा उक्त ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्ने कार्यका लागि आवेदन माग गरेको हो ।

laxmi

प्राधिकरणले हालसम्म नेपालमा ईन्टरनेट सेवा प्रदान गरिरहेका आईएसपीहरुलाई उक्त आवेदनमा भाग लिन पाउने गरी उक्त आवेदन माग गरेको छ । आईएसपीहरुले आफ्नो आयको २ प्रतिशत रकम ग्रामिण दूरसंचार कोषका लागि छुट्याउने व्यवस्था रहेको छ जुन कोषको माध्यममार्फत उक्त ५ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट सेवा विस्तार गरिनेछ ।

उक्त कामको जिम्मा पाएको कुनै आईएसपीले १२ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ । उक्त आवेदनमा भाग लिनका लागि ग्रामिण दूरसंचार कोषमा बार्षिक १० लाख सम्मको योगदान हुनुपर्ने, १ हजार किलोमिटरसम्म सेवा विस्तार गरेको हुनुपर्ने तथा २५ हजार भन्दा बढि सेवाग्राही पुगेको हुनुपर्ने लगायतका सर्तहरु प्राधिकरणले तोकेको छ । प्राधिकरणले उक्त आवेदनमा भाग लिनका लागि आगामी अगष्ट १९ सम्मको म्याद तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL