Logo

प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिस्टमा, कसले मार्ला बाजी ?

प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिस्टमा, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सर्टलिस्टमा परेको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयमा गठित छनोट समितिले बुधबार पुरुषोत्तम खनाल, दिपकराज जोशी र नन्दविक्रम अधिकारीको नाम सर्टलिस्टमा राखेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले गत जेठ २७ गते खुलाएको विज्ञापनमा १२ जनाले आवेदन दिएका थिए । जसमध्यये ३ जनाको नाम सर्टलिस्टमा परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सर्टलिस्टमा परेको ३ जनामध्ये पुरुषोत्तम खनाल हाल प्राधिकरणकै कार्यबाहक अध्यक्ष हुन ।

पुरुषोत्तम खनालको कार्यवाहकको म्याद सकिन लाग्दा गत जेठ २७ गते खुलाएको विज्ञापनमा देवनारायण यादव, अनिलकुमार झा, दिपक राजजोशी, रोहित रौनियार, नन्दविक्रम अधिकारी, गोविन्दप्रसाद दाहाल, पुरुषोत्तम खनाल, मधुसुदन कर्माचार्य, डिल्लीप्रसाद चौधरी, प्रकास बराल, सुरेश कुमार कार्की, बुद्धि प्रसाद आचार्यले आवेदन दिएका थिए ।

सबै उम्मेदवारले आफ्नो व्यबसायीक कार्ययोजना प्रस्तुत गरिसकेपछि बुधबार उनीहरुको नाम सर्टलिस्टमा राखिएको हो । सबै जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुत भने असार २९ गते सकिएको थियो । मन्त्रालय स्रोतका अनुसार सम्भवत बिहीबारको मन्त्रिपरिषद बैठकले अध्यक्ष चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL