Logo

आईएमएस केयरले ल्यायो न्यूरोड सेवाकेन्द्र पुनःसञ्चालनमा, थप १८ सेवा केन्द्र विस्तार गर्दै

आईएमएस केयरले ल्यायो न्यूरोड सेवाकेन्द्र पुनःसञ्चालनमा, थप १८ सेवा केन्द्र विस्तार गर्दै



काठमाडौं । आईएमएस केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनःसुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ ।

laxmi

सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति युबियोम वन, ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र ग्रुपका सिइओ दिकेश मलहोत्राले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा समेत १८ सेवा केन्द्रलाई विस्तार गर्दै जाने ग्रुपका अध्यक्ष मलहोत्राले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL