Logo

नेपाल टेलिकमको शुल्क घट्यो, ९ सय रुपैयाँमै पोष्टपेड सिम

नेपाल टेलिकमको शुल्क घट्यो, ९ सय रुपैयाँमै पोष्टपेड सिम



काठमाडौं । नेपाल टेलिकमले आफ्नो टेलिफोन सेवा जडान तथा पोष्टपेड मोबाईल सेवा पहिलेभन्दा सस्तो दरमा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले बुधबार एक सुचना जारी गर्दै स्थानीय टेलिफोन (पीएसटीएन) जडान र पोष्टपेड मोबाईल सेवाको दर घटाएको जानकारी दिएको हो ।

चालु आर्थिक बर्षको आर्थिक विधेयक अनुसार टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि टेलिकमले उक्त सेवाको दर घटाएको हो ।

सरकारले आर्थिक विधेयक २०७६ को दफा १४(१) मा उक्त व्यबस्था राखेको छ । जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको टेलिकमले जानकारी दिएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने साउन १ गते देखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गरे पुग्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL