Logo

नेपाल टेलिकमले ईन्टरनेटको शुल्क नबढाउने

नेपाल टेलिकमले ईन्टरनेटको शुल्क नबढाउने



काठमाडौं । नेपाल टेलिकमले आफ्नो ईन्टरनेट सेवाको शुल्क नबढाउने भएको छ । अन्य सेवाप्रदायकले साउन १ गतेदेखि ईन्टरनेटको शुल्क बढाउने घोषणा गरेपछि टेलिकमले भने आफ्नो शुल्क नबढाउने घोषणा गरेको हो ।

नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ ।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगर्ने जानकारी दिएको हो ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको समेत टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL