Logo

बाढीका कारण प्रदेश १ र २ मा दूरसंचार सेवा अवरुद्ध, वैकल्पिक माध्ययमबाट सेवा दिन प्राधिकरणको निर्देशन

बाढीका कारण प्रदेश १ र २ मा दूरसंचार सेवा अवरुद्ध, वैकल्पिक माध्ययमबाट सेवा दिन प्राधिकरणको निर्देशन



काठमाडौं । ४ दिनदेखि लगातार परेको बर्षाका कारण नेपालका केही स्थानको दूरसंचार सेवा अवरुद्ध भएको छ । विभिन्न क्षेत्रका आएको बाढी, पहिरो तथा भारी बर्षाका कारण तथा विशेषगरी बाढीका कारण प्रदेश नं १ र का विभिन्न क्षेत्रमा विद्युतका तथा ईन्टरनेटका अप्टिकल फाईबर चुँडिएपछि दूरसंचार सेवा अवरुद्ध भएको हो ।

उक्त क्षेत्रहरुमा वैकल्पिक उपाय अवलम्वन गरेर दूरसंचार सेवा उपलब्ध गराउन विभिन्न सेवाप्रदायकलाई निर्देशन दिईसकेको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार विभिन्न सरोकारवालाहरुलाई पनि उद्धार कार्यमा सहजता ल्याउन तथा दूरसंचारको क्षेत्रलाई वैकल्पिक तरिकाले प्रवल रुपमा अघि बढाउन पनि आग्रह गरिएको छ ।

पछिल्लो समय बाढीकै कारण प्रदेश नं १ र २ मा विजुलीका पोलहरु बगाएर विद्युत आपुर्ती बन्द भएपनि धेरै स्थानका बिटीएस टावरहरुको संचाल अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL