Logo

एसएमएस मार्फत प्राकृतिक प्रकोपको पूर्व सुचना, नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता

एसएमएस मार्फत प्राकृतिक प्रकोपको पूर्व सुचना, नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता



काठमाडौं । अब नेपाल टेलिकमले पनि मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसुचना उपलब्ध गराउने भएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराइरहेको हो । टेलिकमले

वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद् आउने सम्भावना हुने र यस्ता विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको जानकारी दिएको हो ।
कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको टेलिकमले जानकारी दिएको छ ।

यसका लागि नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको टेलिकमले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL