Logo

यसकारण रोकियो प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया, २९ गते अन्तिम कार्ययोजना पेश

यसकारण रोकियो प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया, २९ गते अन्तिम कार्ययोजना पेश



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष चयनको प्रक्रिया तत्कालका लागि रोकिएको छ । प्राधिकरणमा अध्यक्ष पदको दावि गर्नका लागि विभिन्न १२ जनाले आवेदन दिएपनि उनिहरुको उम्मेदवारी छनोट गत १८ गते सकिसक्नुपर्नेमा तत्कालका लागि रोकिएको संचार तथा सुचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

तर आवेदन दिएका १२ जनामध्य १ आवेदक सुरेश कुमार कार्कीकी आमाको निधन भएपछि उनको व्यवसायिक कार्ययोजना पत्र प्रश्तुत स्थगित भएको थियो । सोही अनुसार १२ जनाको टोलीलाई विभिन्न ३ भागमा विभाजन गरी प्रत्येक समुहका ४ जनाले एकचोटी कार्यपत्र प्रस्तुत गर्नुपर्नेमा पहिलो र दोस्रो टोलिले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेपनि अन्तिम टोलीमा आवद्ध कार्कीको घरायशी कारणले उक्त कार्यपत्र प्रस्तुत स्थगित गरिएपछि उक्त प्रक्रिया रोकिएको हो ।

मन्त्रालयले उनका लागि भने कार्यपत्र प्रस्तुत गर्ने मिति आगामी २९ गतेका लागि तोकेको छ । त्यहाँसम्म अन्य उम्मेदवारहरुले कार्यपत्र प्रस्तुत गरिएपनि अन्तिम निर्णय भने सुरेश कार्कीको कार्यपत्र प्रस्तुतपछि मात्रै हुने मन्त्रालयका प्रवक्ता ऋषीराम तिवारीले जानकारी दिए ।

प्राधिकरणको अध्यक्ष पदका लागि देवनारायण यादव, अनिल कुमार झा, दिपक राज जोशी, रोहित रौनियार, नन्दविक्रम अधिकारी, गोविन्द प्रसाद दाहाल, पुरुषोत्तम प्रसाद खनाल, मधुसुदन कर्माचार्य, डिल्ली प्रसाद चौधरी, प्रकास बराल, सुरेश कुमार कार्की, बुद्धि प्रसाद आचार्यले आवेदन दिएको थिए । मन्त्रालयले जेठ २७ गते उक्त पदका लागि विज्ञापन खुलाएको थियो ।

विगत ७ महिनादेखि रिक्त रहेको प्राधिकरणको नेतृत्व भने कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले सम्हालीरहेका छन । उनको ६ महिनाको म्याद भने १ महिनापछि मात्रै सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL