Logo

शाओमीको रेडमी नोट ७ प्रो नेपालमा, बजार मूल्य ३० हजार

शाओमीको रेडमी नोट ७ प्रो नेपालमा, बजार मूल्य ३० हजार



काठमाडौं । ¬शाओमीद्वारा नेपालमा सोनी आईएमएक्स रेडमी नोट ७ प्रो मोबाईल सार्वजनिक गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको बताएका छन । जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ । साथै शीर्ष सोनी आईएमएक्स ५८६ सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपीको रहेको छ ।

अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न रहेको छ । ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग र क्वालकम क्विईक चार्ज ४ लाई समर्थन गर्दछ ।

४ जीबी र ६ जीबी र्यामसँगै ७ प्रोले ठुलो स्पेक्ट्रमका प्रयोगकर्ताहरुलाई समेट्छ । रेडमी नोट ७ प्रो, ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि बजार मूल्य भने २४ हजार ९ सय ९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि २९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL