Logo

समुन्द्रसम्म ईन्टरनेट केवल पुर्याउन ५ स्वदेशी कम्पनी सर्टलिस्टमा, २ महिना पछि काम सुरु हुने

समुन्द्रसम्म ईन्टरनेट केवल पुर्याउन ५ स्वदेशी कम्पनी सर्टलिस्टमा, २ महिना पछि काम सुरु हुने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ईन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउने कार्यको अध्ययनका लागि ५ स्वदेशी कम्पनीलाई सर्टलिस्टमा राखेको छ । प्राधिकरणले नेपालको ईन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउन सम्भाव्यता अध्ययनका लागि उक्त ५ वटा परामर्शदाता कम्पनीलाई सर्टलिस्टमा राखेको हो ।

laxmi

प्राधिकरणले नेपालको ईन्टरनेट भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म र्पुयाउनका लागि उक्त सम्भाव्यता अध्ययन गर्न लागेको हो । प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने कामको सम्भाव्यता अध्ययन गर्न गत जेठ २ गते टेण्डर आह्वान गरेको थियो ।

नेपालमा हाल विभिन्न ३ नाकामार्फत भारतको बाटो हुँदै ईन्टरनेटको व्याण्डवीथ आईरहेको छ । तर नेपालको सिधै कनेक्सन समुन्द्रसम्म पुर्याउनका लागि आवश्यक परामर्श दिन तथा सम्भाव्यता अध्ययन गर्न सितारा कन्सल्टेन्ट र एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन जेभी, सिभिल ईन्फर्मेटिक्स एण्ड सोलुसन्स र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम जेभी प्राधिकरणको सर्टलिस्टमा परेका हुन ।

यस्तै महारुद्र ग्रुप र एक्सक्युटीभ कन्सल्टीङ ईन्जिनियरिङ एण्ड प्लानर जेभी, जियोकम ईन्टरनेशनल र म्याक्सटेक स्टडी एण्ड सर्भिस जेभी तथा ईन्टर ईन्भरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी कम्पनी उक्त टेण्डरको सर्टलिस्टमा परेका छन ।

सर्टलिस्टमा परेका उक्त ५ कम्पनीसँग गुणस्तर तथा लागत प्रस्ताव माग गरेर अन्तिममा १ कम्पनी मात्रै अध्ययनका लागि छनोट हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार उक्त प्रस्ताव माग गरिसकेपछि करिव २ महिनाभि कम्पनीको मुल्यांकनको काम सम्पन्न हुने र २ महिनापछि अध्ययनको काम सुरु हुने भएको हो । नेपालको सिधै समुद्रसम्म नेपालको ईन्टरनेट केवको पहुँच पुर्याउँदा ईन्टरनेट गुणस्तरिय तथा भरपर्दाे र सस्तो हुन जाने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL