Logo

ठुला तीन ओटै टेलिकम सेवाप्रदायकको टेलिफोन सेवा कमजोर, विराटनगर र धनकुटामा न्युनतम मापदण्ड नै पुर्याएनन्

ठुला तीन ओटै टेलिकम सेवाप्रदायकको टेलिफोन सेवा कमजोर, विराटनगर र धनकुटामा न्युनतम मापदण्ड नै पुर्याएनन्



काठमाडौं । नेपालमा हाल दूरसंचार सेवा उपलब्ध गराईरहेका ठुला ३ कम्पनीले आफ्नै सेवा गुणस्तरिय भएको बताएपनि वास्तविकतामा भने अवस्था दयनिय छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको धनकुटा बजार र विराटनगरको मोवाईल टेस्ट ड्राईभ प्रतिवेदन अनुसार फोन सेवामा ३ ओटै कम्पनीको सेवाको अवस्था दयनिय भएको देखिएको हो ।

laxmi

प्राधिकरणको उक्त प्रतिवेदनमा ३ ओटै सेवाप्रदायक कम्पनीको नेटवर्कमा फोनकल स्थापना हुन लाग्ने समयको न्युनतम मापदण्ड पनि पुरा नभएको देखिन्छ । प्राधिकरणले विराटनगरमा गरेको उक्त ड्राईभ टेस्टमा फोनकल सेवा स्थापना हुन लाग्ने समयको न्युनतम मापदण्ड ५ सेकेन्ड वा सो भन्दा कम तोकिएको भएपनि नेपाल टेलिकमको नेटवर्कमा ८ दशमलव ७९ सेकेन्ड, एनसेलको नेटवर्कमा ६ दशमलव ५२ सेकेन्ड र स्मार्ट टेलिकमको नेटवर्कमा ८ दशमलव ४६ सेकेन्ड लाग्ने देखिएको छ ।

यस्तै फोनकल स्थापना हुने दरको मापदण्डमा पनि एनसेल बाहेक नेपाल टेलिकम र स्मार्ट टेलिकम पछि परेका छन । उक्त मापदण्डको न्युनतम मापदण्ड ९९ दशमलव सो भन्दा बढी तोकिएको भएपनि नेपाल टेलिकमले ९७ दशमलव ०६ प्रतिशत र स्मार्ट टेलिकमको ९७ दशमलव ८१ प्रतिशत रहेको छ । तर उक्त मापदण्डमा एनसेलले भने न्युनतम मापदण्ड पुरा गर्दै ९९ दशमलव २६ प्रतिशत पुर्याएको छ ।

यस्तै धनकुटा बजारमा पनि फोनकल स्थापना हुन लाग्ने समयमा नेपाल टेलिकम र एनसेल दुवैको सेवा दयनिय छ भने फोनकल स्थापना हुने दरमा एनसेलभन्दा नेपाल टेलिकमले प्राधिकरणको न्युनतम मापदण्ड पुरा गरेको छ ।

यस्तै यी दुवै स्थानमा सबै सेवाप्रदायकको ईन्टरनेट परिक्षण गर्दा प्राधिकरणले टेलिकम संस्थाहरुको अवस्था मध्यमस्तरिय भएको जानकारी दिएको छ । प्राधिकरको उक्त ड्राईभ टेस्ट प्रतिवेदनमा धनकुटा र विराटनगरमा ईन्टरनेटमा पिंग गर्न लाग्ने समयको मापदण्ड पुरा नगरेको भएपनि अपलोड र डाउनलोड हुने दरको मापदण्ड भने पुरा गरिएको देखिएको छ ।

प्राधिकरणले कुनै सेवाप्रदायकको नेटवर्क क्षेत्रभित्र कुनै वेबपेजका लागि पिंग गर्न लाग्ने समय २ सय ५० मिलिसेकेन्ड वा सो भन्दा कम तोकेको छ । तर स्मार्ट टेलिकम, नेपाल टेलिकम र एनसेलले उक्त मापदण्ड समेत पुरा गरेका छैनन । पिंग गर्न लाग्ने समय भनेको प्रयोगकर्तादेखि लक्षित टर्मिनलसम्म डाटा पुग्न र सो को जानकारी प्रयोगकर्तासम्म आईपुग्न लाग्ने समय हो । जसको मापदण्ड धनकुटा र विराटनगरमा ३ ओटै सेवा प्रदायकले पुरा गरेका छैनन ।

तर उक्त २ स्थानमा ३ ओटै सेवाप्रदायकको ईन्टरनेटमार्फत अपलोड तथा डाउनलोडको मापदण्ड भने पुरा गरेको देखिन्छ । प्राधिकरणले कुनै सामग्री डाउनलोड सफलताको दर ८० प्रतिशत वा सो भन्दा बढी तोकेको छ । यस्तै पिंग सफलताको दर, वेबपेज खुल्न लाग्ने समय लगायतका मापदण्डमा प्राधिकरणले न्युनतम मापदण्ड तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL