Logo

संचार मन्त्री बास्कोटाले भने, ‘नेपाली मिडियामा साम्यवाद आयो क्लिन फिड लागू गरेरै छाडिन्छ’

संचार मन्त्री बास्कोटाले भने, ‘नेपाली मिडियामा साम्यवाद आयो क्लिन फिड लागू गरेरै छाडिन्छ’



काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली मिडिया क्षेत्रमा साम्यवाद आएको बताएका छन् । उनले क्लिन फिड लागू गर्ने प्रश्नको उत्तर दिँदै अब नेपाली मिडियामा साम्यवाद आएको जानकारी दिएका हुन् ।

laxmi

‘नेपाल र नेपालीको हितका लागि सरकारले क्लिन फिड नीति लागू गरेरै छाड्ने छ,’ उनले भने, ‘अहिले केवल टिभी प्रदायकहरुले सांकेतिक आन्दोलन गर्दै आएका छन् त्यो ट्रेलर मात्र हो फिल्म बन्न पाउनेछैन ।’

लोकतन्त्रमा सबैले विरोध गर्न पाउने अधिकार भएको भन्दै केवल टिभी सेवा प्रदायकहरुले पनि विरोध गरेर ट्रेलर देखाएको उनको भनाई थियो । तर, त्यस्तो ट्रेलरसम्म सिमित हुने र हाल क्लिन फिड नीति संसदको समितिमा छलफलमा रहेको र जसरी पनि पास गरिने उनको दावी थियो ।

क्लिन फिड नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग तथा विज्ञापन क्षेत्र लगायत समग्रले बर्षौदेखि माग गर्दै आएको विषय भएको र यसले नेपाली व्यवसायीको हित तथा सस्कृति र मौलिकता जोगाउन ल्याएको उनको भनाई छ । हाल विदेशी च्यानलहरुले नेपाली मौलिकता विगार्ने तथा व्यापार बढाउनका लागि जवर्जस्ती तरिकाबाट विज्ञापन देखाउँदै आएकाले पनि यसलाई रोक लगाउनु आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL