Logo

१४ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्दै दूरसंचार प्राधिकरण, साढे ४ अर्बको टेण्डर आह्वान

१४ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्दै दूरसंचार प्राधिकरण, साढे ४ अर्बको टेण्डर आह्वान



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले १४ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट सेवा प्रदान गर्नका लागि टेण्डर आह्वान गरेको छ । प्राधिकरणले एकै दिन ३ सुचना जारी गर्दै ग्रामिण दूरसंचार परियोजना अन्तरगत विभिन्न १४ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउन प्रक्रिया अघि बढाएको हो ।

laxmi

प्राधिकरणले आह्वान गरेको टेण्डरअनुसार प्रदेश नम्बर १ को इलाम, झापा, मोरङ्ग र उदयपुर जिल्ला छन भने प्रदेश नम्बर ५ को गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्ला छन् । त्यसैगरि अन्य जिल्लाहरुमा चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला रहेका छन् ।

प्राधिकरणका अनुसार उक्त परियोजनामा भाग लिनका लागि प्राधिकरणबाट ईन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र लिएको हुनुपर्नेछ । टेण्डरमा परेका कम्पनीहरुले उक्त १४ जिल्लाको विभिन्न स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउनका लागि अप्टिकल फाईवर विछ्याउने, अन्य पूर्वाधार तयार गर्ने लगायतका कामहरु गर्नेछन ।

सो टेण्डरमा सहभागी हुन ईच्छुक कम्पनीले ग्रामीण दूरसंचार विकास कोषमा गत वर्षसम्म कम्तिमा १० लाख रुपैयाँको योगदान गरेको हुनुपर्ने पनि उल्ल्लेख छ भने १००० किलोमिटरको नेटवर्क संचालन गरिरहेको तथा कम्तीमा २५ हजार इन्टरनेट सेवा प्रयादक हुनुपर्ने प्रावधान राखिएको छ ।

प्राधिकरणका अनुसार प्रदेश नं १ का जिल्लाहरुमा ब्रोडब्याण्ड ईन्टरनेटको लागि २ अर्ब ८० करोड, प्रदेश नम्बर ५का जिल्लाहरुको लागि ६० करोड र अन्य जिल्लाहरुको लागि १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाबाहेक ७४ वटा जिल्लालाई नै १८ विभिन्न प्याकेजमा वर्गिकरण गरेर इन्टरनेट सेवा पुर्याउन लागेको जानकारी दिएको छ । सरकारले सन २०२० सम्म सतप्रतिशत नेपालीको पहँुचमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL