Logo

भायनेटको शाखा ईटहरीमा, शाखा संख्या १४ पुग्यो

भायनेटको शाखा ईटहरीमा, शाखा संख्या १४ पुग्यो



काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक भायनेट कम्युनिकेसनले यही जेठ ३० गते देखी ईटहरीमा शाखा संचालनमा ल्याएको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक ईटहरीमा संचालन गरेको हो ।

विगत १९ वर्षदेखि भायनेटले ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात एफटीटीएच सेवा सुचारु गरेको थियो ।

त्यस्तै २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टिभी सेवा प्रदान गर्नका लागि ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको नेटटटिभीसँग साझेदारी गरेको थियो ।

ग्राहकहरुलाई १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै सेवा प्रदान गर्दै आई रहेको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप्प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL