Logo

एनसेलको फोरजी डबल डाटा प्याक सार्वजनिक, ४ सय रुपैयाँमा ६ जीबी डाटा उपलब्ध

एनसेलको फोरजी डबल डाटा प्याक सार्वजनिक, ४ सय रुपैयाँमा ६ जीबी डाटा उपलब्ध



काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि फोरजी डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार देखि लागु हुनेगरी डेटामा आकर्षक योजना अन्तर्गतको डबल फोरजी डेटाको लिन सकिने गरी उक्त अफर सार्वजनिक गरेको हो । ७ दिन र ३० दिन समयसिमा रहेको उक्त डेटा प्याकको खरिदमा बोनस स्वरुप ग्राहकले फोरजी डाटा भोल्युम प्राप्त गर्न पनि सक्नेछन ।

कम्पनीको उक्त योजना अन्तर्गत सात दिन समयसिमा भएको ५ सय एमबी डेटा र ३० दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन । जस्तै यदि ग्राहकले ३० दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित ४ सय ५३ दशमलव ३० रुपैयाँमा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन पनि सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले ७ दिन समयसिमा भएको ५ सय एमबी प्याकको खरिदमा ५ सय एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५ सय एमबी प्याक कर सहित ९५ं दशमलव ७७ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५ सय एमबी डेटाको शुल्कमा १ हजार एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

उक्त योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १ हजार भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL