Logo

अमेरिकी प्रतिवन्धले हुवावेलाई असर गरेन, जुन अन्तिमसम्म १० करोड प्रयोगकर्ता पुग्ने अनुमान

अमेरिकी प्रतिवन्धले हुवावेलाई असर गरेन, जुन अन्तिमसम्म १० करोड प्रयोगकर्ता पुग्ने अनुमान



काठमाडौं । हुवावेले अमेरिकाले विभिन्न सेवा तथा सुविधामा आफुलाई प्रतिवन्ध लगाउँदा पनि कुनै असर नपरेको जानकारी दिएको छ । पछिल्ला केही महिना आफ्नो व्यापारमा महत्वपूर्ण र उत्साहजनक रहेको पनि हुवावेले जानकारी दिएको छ ।

अमेरिकी सरकारले प्रतिबन्धहरू लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा ह्वावेले अप्ठेरो र जटिलाहरूको सामना गर्नुपरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीले अमेरिकी प्रतिवन्धका वावजुद पनि दुई वटा नयाँ उत्पादनहरू– वाई फाइभ २०१९ र वाई सेभेन प्रो २०१९ फिंगरप्रिन्ट भर्जन सार्वजनिक गरेको जानकारी दिएको छ ।

अमेरिकी सरकारसँग ह्वावेको सम्बन्धको इतिहासलाई केलाउँदा पहिलेदेखि नै असहज सम्बन्ध थियो र अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षामा जोखिम बोकेको भन्दै इन्टटी लिस्टमा सूचीकृत गरेपछि सबैभन्दा खराब विन्दूमा पुग्यो ।

त्यसपछि गुगलले मे २० तारिखमा ह्वावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिदियो र भावी दिनमा सार्वजनिक हुने सबै उत्पादनहरूप्रतिको साथ पनि तोडिदियो । यद्यपि एन्ड्रोइडले एक विज्ञप्ति जारी गर्दै ‘गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटी भने विद्यमान ह्वावे उत्पादनहरूमा काम गर्ने’ उल्लेख गर्यो ।

ह्वावेले तत्कालै उसको फेसबुक पेजमा प्रतिक्रिया दिँदै लेख्यो– ‘ह्वावेले संसारभर एन्ड्रोइडको विकास र पहुँचमा महत्तवपूर्ण योगदान पुर्याएको छ । एन्ड्रोइडको एउटा प्रमुख विश्वव्यापी साझेदारका रूपमा हामीले प्रयोगकर्ताहरू र मोबाइलफोन उद्योग दुवैलाई फाइदा पुर्याउने अवस्था निमार्ण गर्न ओपन–सोर्स प्लेटफर्मसँग निकट भएर काम गरेका छौँ ।ह्वावेले बिक्री भइसकेका तथा विश्व बजारमा अझै पनि बिक्रीका लागि स्टकमा रहेका स्मार्टफोन र ट्याब्लेट उत्पादनहरूमा सेक्युरिटी अपडेटहरू र आफ्टरसेल्स सर्भिस अर्थात् ब्रिकीपछिको सेवा निरन्तर उपलब्ध गराउनेछ । विश्वभर रहेका प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर सुरक्षित तथा दिगो सफ्टवेयर प्रणालीलाई निर्माण गर्ने कार्यमा जुटिरहनेछौँ ।’

ह्वावेले अमेरिकी कदमको निन्दा पनि गरेको छ र उसका उत्पादनहरूमाथि लगाइएको सरकारी प्रतिबन्धलाई गैरकानुनी भन्दै त्यसविरुद्ध कानुनी मुद्दा दायर गर्याे । ह्वावेका प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले २१ मे तारिखमा एउटा पत्रकार सम्मेलनका क्रममा ह्वावेमाथि लगाइएको ९० दिने अस्थाथी लाइसेन्स प्रतिबन्धको ‘खासै औचित्य नभएको’ र ह्वावे पूर्ण तयारी अवस्थामा भएको बताए ।

यसका साथै उनले ह्वावे कम्पनीसँग काम गरेको र पछिल्लो ३० वर्षमा कम्पनीको विकासमा सहयोग पुर्याएका अमेरिकी कम्पनीहरूप्रति कृतज्ञता प्रकट गरेका छन । ह्वावेका मोबाइलफोन प्रयोगकर्ताहरू र सम्भावित खरिदकर्ताहरूले उठाएका चिन्ताहरूका सम्बन्धमा कम्पनीले बजारमा हाल भएका ह्वावेका सबै मोबाइलफोनहरूले केही समस्याको सामना गर्नुनपर्ने भनेर बारम्बार विश्वस्त तुल्याउँदै गुगल एपहरूमा अपग्रेडहरू उपलब्ध हुने र सामान्य अवस्थामै झै चल्ने बताएको छ ।

यसबीच प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले अमेरिकी टेलिभिजन सिएनबीसीसँगको अन्तर्वार्ताका क्रममा ह्वावे कम्पनीले स्मार्टफोनहरू तथा कम्युटरहरूका लागि हङमेङ्ग नामक आफ्नै अपरेटिङ सिस्टम विकास गरेको र आगामी जाडोयामसम्म संचालनमा आउनसक्ने बताए ।
नेपालको सन्दर्भमा ह्वावे सन् २०१४ मा यहाँको बजारमा प्रवेश गरेको थियो र सामाजिक संजालहरूमा मानिसहरूले समर्थन र साथ व्यक्त गरेका छन् र अझैपनि नेपाली बजारमा दोस्रो ठूलो स्मार्टफोन ब्रान्डको स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL