Logo

नेपाल टेलिकमले लाईसेन्स नविकरणको दस्तुर ५ किस्तामा तिर्नुपर्ने

नेपाल टेलिकमले लाईसेन्स नविकरणको दस्तुर ५ किस्तामा तिर्नुपर्ने



काठमाडौं । सरकारले नेपाल टेलिकमलाई लाईसेन्स नविकरणवापतको २० अर्ब रुपैयाँ ५ किस्तामा तिर्न बाटो खोलिदिएको छ । टेलिकमलाई नेपाल दूरसंचार प्राधिकरणले गत चैतमा लाईसेन्स नविकरण अन्र्तगतको २० अर्ब रुपैयाँ तोकेको उक्त रकम टेलिकमलाई ५ किस्तामा बुझाउन बाटो खोलिएको हो ।

laxmi

बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त रकम ५ किस्तामा बुझाउन निर्णय गरिएको जानकारी दिएका हुन । यसअघी सरकारले ८ किस्तामा उक्त रकम तिर्नुपर्ने व्यवस्था मिलाएकोमो यसपटक भने ५ किस्तामा तिर्नुपर्ने गरी काम अघि बढाईएको हो ।

उनले लाईसेन्स नविकरण बापतको शुल्क किस्तामा तिरेपनि अनुमतिपत्र नविकरणको पहिलो किस्ता वापतको रकम भने यथाशिघ्र बुझाउन निर्देशन दिईएको जानकारी दिएका छन । नेपाल टेलिकमसँग नविकरणवापत २० अर्ब रुपैयाँ लिने निर्णय गरेसँगै नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई सो रकम तिर्न निर्देशन दिएको थियो ।

टेलिकमले मोबाईल सेवाको अनुमतीपत्र दस्तुरवापतको २१ करोड रुपैयाँ मात्रै तिरेको थियो । दूरसंचार ऐनमा मोबाईल सेवा अनुमतीको म्याद सकिन ३ महिना अघि नै नविकरणका लागि प्राधिकरणमा निवेदन दिनुपर्ने ब्यवस्था छ । जस अनुसार प्राधिकरणले टेलिकमलाई मोवाईल सेवाको नविकरणका लागि माघ २५ गतेसम्मको समयसिमा ताकेको थियो । नेपाल टेलिकमले २०५६ साल बैशाख २९ गते मोबाईल सेवाको अनुमती पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL