Logo

टेलिकमका ग्राहकलाई खुसीको खवर, बक्यौता रकम तिर्दा जरिवाना छुट

टेलिकमका ग्राहकलाई खुसीको खवर, बक्यौता रकम तिर्दा जरिवाना छुट



काठमाडौं । नेपाल टेलिकमले आफ्ना पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकका लागि जरिवाना छुट दिने व्यबस्था ल्याएको छ । टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट दिने भएको छ ।

laxmi

उक्त छुट व्यबस्था अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले उक्त जरिवाना छुटमा सहभागि हुनका लागि आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन अनुरोध गरेको छ ।

पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL