Logo

गणतन्त्र दिवसमा टेलिकमको रिपब्लिक डे अफर, ५० रुपैयाँमा कम्बो प्याक

गणतन्त्र दिवसमा टेलिकमको रिपब्लिक डे अफर, ५० रुपैयाँमा कम्बो प्याक



काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागु हुनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने समेट टेलिकमले जानकारी दिएको छ ।

उक्त छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL