Logo

३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली !

३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली !



काठमाडौं । चर्चित सामाजिक संजाल फेसबुकले पछिल्लो ३ महिनामा मात्रै २ अर्ब २० करोड जनाको नक्कली फेसबुक अकाउन्ट बन्द गरेको छ । फेसबुकले बन्द गरेका नक्कली खाता उसको प्रतिमहिना फेसबुक चलाउने प्रयोगकर्ताभन्दा थोरैले मात्र कम हो । हाल प्रतिमहिना २ अर्ब ३८ करोड प्रयोगकर्ताले फेसबुक चलाउने गरेका छन् ।

laxmi

यस्तै सन २०१७ को अक्टोबर देखि डिसेम्बरसम्म पनि फेसबुकले आफ्ना ६९ करोड ४० लाख नक्कली खाता रद्द गरेको थियो । कम्पनीले गत बिहीबार मात्रै उक्त रिपोर्ट सार्वजनिक गरेको थियो । कम्पनीले २ बर्षअघिदेखि मात्रै यस्तो रिपोर्ट सार्वजनिक गर्न सुरु गरेको ।

कम्पनीले फेसबुकको मात्रै नभएर ईन्स्टाग्रामको समेत यस्तो रिपोर्ट सार्वजनिक गर्न सुरु गरेको छ । ‘हामीले २ बर्षअघि देखि सार्वजनिक गर्दै आएको रिपोर्टलाई यसपाली पनि निरन्तरता दिएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले भने ।

पछिल्लो समय नक्कली फेसबुक खाता खोल्ने क्रम बढेकाले यस्ता खाताहरु निश्क्रिय गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्टका अनुसार प्रत्येक १० हजार कन्टेन्टमा २५ जना यो तथ्याङ्कभित्र पर्दछन । यस्तै प्रत्येक १० हजार कन्टेन्टमा ११ देखि १४ ओटा नक्कली खातामा भने सामाजिक हिंसा तथा नग्नता प्रस्तुत गरिएको पाईएको रिपोर्टमा देखाईएको छ ।
फेसबुकमा निहित आर्टिफिसिएल ईन्टेलिजेन्सले यस्ता कन्टेन्ट कसैको खातामार्फत सार्वजनिक हुनेवित्तिकै जानकारी दिने हुनाले नक्कली खाता पहिचान हुने कम्पनीले जानकारी दिएको छ । कसैको खातामा फेसबुकमा नियमविपरित काम या कन्टेन्ट आउने वित्तिकै उक्त खाताको सोधीखोजी हुने कम्पनीको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL