Logo

बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिशहोमको निशुल्क सेवा, ५ सय घरधुरी लाभान्वित

बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिशहोमको निशुल्क सेवा, ५ सय घरधुरी लाभान्वित



काठमाडौं । डिश मिडिया नेटवर्कले बारामा आएको हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा प्रदान गरेको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो ।

कम्पनीले हावाहुरी प्रभावित बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निशुल्क सेवा दिएको जानकारी दिएको छ ।

कम्पनीले उक्त क्षेत्रमा सेवा सुरु गर्नका लागि निशुल्क एन्टेना परिवर्तन तथा तार वितरण र जडान गरी सो क्षेत्रका पीडितलाई राहत होस् भन्ने उदेश्यले निशुल्क सेवा दिएको हो ।

डिशहोमको सेवा संचालनमा आए पछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्थापित हुँदै गइरहेको छ । भारतिय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा झंझटिलो हुने गरेकाले डिशहोम डिटिएच नै लोकप्रिय भएको कम्पनीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL