Logo

आगामी बर्ष प्रत्येक स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट, सबै सरकारी सेवा ईन्टरनेटमार्फत

आगामी बर्ष प्रत्येक स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट, सबै सरकारी सेवा ईन्टरनेटमार्फत



काठमाडौं । सकारले आगामी बर्षभित्रै नेपालका प्रत्येक स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा पुर्याउने भएको छ । सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्ष्भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईने सरकारको धारणा छ ।

laxmi

शुक्रबार संसदमा पेस गरिएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । उक्त नीति तथा कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्कको पाँच वर्षे राष्ट्रिय कार्ययोजना पनि कार्यान्वयन गरिने बताइएको छ । सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारको सेवा तथा कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गरिने, विद्युतीय भुक्तानी र विद्युतीय हस्ताक्षर कार्यान्वयनमा ल्याई विद्युतीय कारोबारलाई सुरक्षित र विश्वसनीय बनाइने लगायतका कार्यक्रम उक्त् नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै सरकारले आगामी चार वर्ष्भित्र सबै नेपालीलाई बायोमेट्रिक सूचना र पृथक् पहिचान नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने, नागरिकका सबै प्रकारका वैयक्तिक विवरणलाई राष्ट्रिय परिचयपत्रमा समाविष्ट गरी यसलाई सामाजिक सुरक्षासहित सबै सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक सूचनाको आधार बनाइने लगायतका योजना समेत उल्लेख गरिएको छ ।

यस्तै केन्द्रदेखि स्थानीय तहसम्म नागरिक अधिकार मोबाइल एप्सका माध्यमबाट सर्वसाधारणले सरल र सहज रूपमा सेवा प्राप्त गर्ने, आफूसँग सम्बन्धित सूचनाहरूको उपयोग गर्नसक्ने, सरकारी सेवाको बारेमा जानकारी लिई आफ्ना गुनासा र समस्याहरू समाधान गर्नसक्ने व्यवस्था समेत सरकारले आगामी बर्षभित्रै गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL