Logo

नेपाल टेलिकमका स्प्रिङ अफर योजना सार्वजनिक, चैत ३० गते देखी ९० दिन सम्म मान्य

नेपाल टेलिकमका स्प्रिङ अफर योजना सार्वजनिक, चैत ३० गते देखी ९० दिन सम्म मान्य



काठमाडौं । नेपाल टेलिकमले नयाँबर्षको अवसरमा ‘स्प्रिङ अफर योजना’ सार्वजनिक गरेको छ ।

laxmi

टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर सार्वजनिक गरेको हो ।

नेपाल टेलिकमका अनुसार उक्त अफर चैत ३० गते देखी सुरु भई ९० दिन सम्म रहने छ । टेलिकमले यस अघि उपलब्ध गराएका विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित सो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको यस अफर अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भए पछि १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । साथै १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ ।

अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक रहेका छन । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ जुन ४२ दिन सम्म मान्य हुने छ ।

साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको छ ।

त्यस्तै कम्पनीले डे डाटा प्याक, १ जिबी प्रति दिन डाटा प्याक, रात्री डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक लगायत १४ ओटा अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।

एप डाउनलोड गर्दा निःशुल्क डाटा

कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।

साथै पहिले देखि नै विन्टर अफरका रुपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सीयूजी प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL