Logo

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँमै पाईन्छन यस्ता सुविधा

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँमै पाईन्छन यस्ता सुविधा



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयँ बर्ष अफर २०७६ सार्वजनिक गरेको छ । टेलिकमले २ सय रुपैयाँमा ५ दिनसम्म विभिन्न सेवा उपलब्ध गराउने उद्देष्यले उक्त अफर सार्वजनिक गरेको हो ।

टेलिकमले ल्याएको उक्त अफरमा २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ ।
सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिन टेलिकमले जानकारी दिएको छ । टेलिकमको उक्त प्याक खरिद गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यास डायल गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL